पश्चिम नेपाल | १४ पुष २०८१, आईतवार १५:३७
सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएको छ ।
हेली एभरेस्टको ९ एन–एकेजी कलसाइनको हेलिकोप्टरमा आइतबार चरो ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए। चरो ठोक्किएपछि पाइलटले सम्भावित सुरक्षा खतरालाई हेरेर काभ्रेपलान्चोकको साँगामा सुरक्षित अवतरण गराएका छन् ।
अहिले हेलिकोप्टरमा प्राविधिक परीक्षण भइरहेको हेली एभरेस्टले जनाएको छ । यात्रु र चालकको अवस्था भने सामान्य छ ।