☰ open Loading... 22 January 2025|  

यस्तो छ आजको मौसम
पश्चिम नेपाल   | १६ पुष २०८१, मंगलवार १२:२०

हाल नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति भने देशभर मौसम मुख्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।