☰ open Loading... 22 January 2025|  

दैलेखमा मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस
पश्चिम नेपाल   | १७ पुष २०८१, बुधबार १८:५४

 

दैलेख । दैलेखमा बास नेपाल दैलेख शाखाले १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाएको छ । कला साहित्य संस्कृति र इतिहासको पहिचान, राष्ट्रिय पोशाक,राष्ट्रिय झण्डा र बिभूतीको संरक्षण भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय पोशक दिवश तथा टोपि दिवश मनाएको हो ।

राष्ट्रिय पोशाक एवं टोपी हाम्रो पहिचान भएकाले सबैले यसको महत्र्व बुझन् जरुरी रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण प्रसाद उपाध्यायले बताए । उनले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र सम्वर्द्धनका लागि सबै लागी पर्नुपर्ने बताए ।

नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले बताए ।उनले उनले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रूपमा घोषणा गर्नुपर्ने बताए । उनले देशका ७७ वटै जिल्ला शाखाले राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउएको बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दैलेखका अध्यक्ष यामराज बिष्ट ,नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर बहादुर सुनार,त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक भक्त बहादुर थापा, गणेश रेग्मी ,विजय लघुवित्त वित्तीय संस्था लिमिटेड दैलेखका कार्यालय प्रमुख उपेन्द्र आचार्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि रहेका थिए ।

बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।