☰ open Loading... 22 January 2025|  

दैलेखमा पब्लिक स्पिच २०८१ हुँदै
पश्चिम नेपाल   | २१ पुष २०८१, आईतवार १९:३२

दैलेखमा युवाहरुको  क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने उद्धेश्य पब्लिक स्पिच हुने भएको छ । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजिकरणमा जिल्लामा पहिलो पटक पब्लिक स्पिच गर्न लागेको हो ।

पब्लिक स्पिच २०८१ जिल्लाका ११ वटै पालिकामा गरिने जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी बहादुर शाहीले बताए । उनले ११ पालिकामा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको बताए । जिल्लाका११ पालिकाबाट छनोट भएका ३३ जना प्रतिस्पर्धीहरुको जिल्ला स्तरको पब्लिक स्पिच कार्यक्रम यही फागुन ७ र ८ गते चामुण्डामा गर्ने गरी आयोजकले योजना बनाएको छ ।पालिका स्तरको कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु हुनेछ, हरेक दिन हुने पालिका स्तरको कार्यक्रम माघ १४ गते गुराँस गाउँपालिकामा सभापन उनले बताए ।

पालिका स्तरको कार्यक्रममा आफूले चाहेको विषयमा स्पिच दिन सकिने भए पनि जिल्ला स्तरको कार्यक्रममा सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागु औषध दुर्व्यसनी, युवा स्वरोजगार, लैङ्गिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन र कला संस्कृति मध्ये गोला प्रथाको माध्यमाबाट कुनै एक विषयमा स्पिच दिन पाइने छ । प्रथम, द्धितिय, तृतीयले ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउने छन् । प्रतिस्पर्धिहरबाट एक जनाले २५ हजार पब्लिक च्वाइस अवार्ड र पालिकाहरूबाट सहभागीहरू मध्य इ-सेवाका माध्यमाबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने एक प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लव जनाएको छ ।

हरेक सहभागीलाई ५ मिनेट समय दिने स्पिच कार्यक्रमको आइतबार बास नेपाल दैलेखका अध्यक्ष हिक्मत बुढाको बताए । उनले युवाहरूको बौद्धिक क्षमताको बिकासका लागि पब्लिक स्पिच नेपाल सार्थक हुने बताए ।