☰ open Loading... 22 January 2025|  

भोलि हल्का वर्षा पर्सिदेखि सुधार
पश्चिम नेपाल   | २२ पुष २०८१, सोमबार १०:००

मौसमविद्हरूले मंगलबार काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरेका छन्। उनीहरूको अनुमानअनुसार सोमबार काठमाडौंमा दिनभरि बदली भई मंगलबार हल्का वर्षा हुनेछ। कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा सोमबार आंशिक बदली हुने सम्भावना देखिएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार बुधबारबाट देशभरि मौसममा क्रमिक रूपमा सुधार आउने ।

यसपटक हुने हल्का वर्षा यो हिउँदे यामको तेस्रो वर्षा प्रणाली हो। यसअघि दुईवटा वर्षा प्रणाली आइसकेका छन्। जल तथा मौसम विज्ञान विभागले आइतबार मौसमसम्बन्धी निकालेको बुलेटिनअनुसार सोमबार कोसी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ।

विभागका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

सोमबार राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही मौसम सफा रहनेछ। सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

विभागका अनुसार मंगलबार कोसी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ। कोसी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको विभागको भनाइ छ।

विभागका अनुसार मंगलबार राति कोसी र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

यस वर्षको वर्षा याममा सबैभन्दा बढी पानी काठमाडौं उपत्यकामा परेको थियो। मौसमविद्हरूका अनुसार डिसेम्बर, जनवरी, फ्रेब्रुअरीमा सबैभन्दा चिसो हुन्छ। त्यसमा पनि जनवरी सबैभन्दा चिसो महिना हो।