पश्चिम नेपाल | २४ पुष २०८१, बुधबार १५:२५
बुधवार विहानैदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चिसो ह्वातै बढेको छ । वीरेन्द्रनगरमा विहानैदेखि शितलहर चलेको छ । चिसोले विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणहरु प्रभावित भएका छन् । चिसोकै कारण अरु दिनभन्दा जनजिवन प्रभावित भएको स्थानीयहरु बताउँछन् ।
यसअघिका दिनहरुमा विहान साँझ चिसो हुने भएपनि दिउँसोमा चिसो कम हुने गरेको थियो । बुधवार विहानैदेखी हिमाली भागहरुमा हिउँ पर्न थालेको छ ।