☰ open Loading... 25 January 2025|  

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
पश्चिम नेपाल   | २५ पुष २०८१, बिहीबार १९:२०

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।

उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।

घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो ।

अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।

सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।