☰ open Loading... 23 February 2025|  

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो
पश्चिम नेपाल   | २८ पुष २०८१, आईतवार १०:५२

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।