☰ open Loading... 30 January 2025|  

हुम्लामा हिमपात, उडान रोकियो
पश्चिम नेपाल   | २८ पुष २०८१, आईतवार १८:१९

हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ ।

बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए ।

योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।

अनलाइनखबरबाट