☰ open Loading... 22 February 2025|  

साइगाउमा बाख्रा पालन तालिम
पश्चिम नेपाल   | २९ पुष २०८१, सोमबार ११:०३

नेशनल लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय राकम कर्णाली दैलेख मार्फत समुहका सदस्यहरुलाई व्यवसायिक बनाउने उदेश्यका तालिम आयोजना गरिएको छ । आठबिस नगरपालिका –३ साइगाउ दैलेखमा २ दिने व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको हो ।
बाख्रा पालन तालिमका े प्रमुख अतिथि आठबिस नगरपालिका –३ का वडाअध्यक्ष नगेन्द्रराज कार्कीले उद्घाटन गरेका थिए । सो कार्यक्रममा प्रशिक्षक विवेक राज उपाध्याय, शाखा प्रमुख नर बहादुर बिष्ट, सहायक कर्मचारी सत्य सेजुवाल, महेन्द्र बहादुर सिंह रहेका थिए । तालिममा २८ जना समुहका सदस्यको सहभागी रहेको थियो ।

नेशनल लघुवित्तले वित्तीय संस्थाले दुर्गम गाउँघरमा गै बचत गराउने बानीको विकास गराएको र बिना धितो समुहमा आबद्ध सदस्यहरुलाई लघु कर्जा प्रदान गर्नुका साथै व्यवसायिक बनाउने उदेश्यले सिपमुलक तालिम सहित दिएकोमा संस्थालाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष नगेन्द्रराज कार्कीले धन्यवादसहित बधाई दिए ।