☰ open Loading... 22 January 2025|  

चीन केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प, धक्का नेपालसम्म
पश्चिम नेपाल   | २९ पुष २०८१, सोमबार २०:३९

काठमाडौंलगायत आसपासको जिल्लामा सोमबार साँझ भूकम्पको धक्का महसुस भएको छ।

बेलुका ६ बजेर ४२ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको तिब्बत केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का चीनसँगै बंगलादेश, नेपाल र भारतमा पनि महसुस गरिएको थियो। यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो। यस क्षेत्रमा निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ।