☰ open Loading... 22 February 2025|  

मेयरको घरमा लाइन काट्दा ३ घण्टा थुनिए बिद्युत् कर्मचारी
पश्चिम नेपाल   | १ माघ २०८१, मंगलवार ०६:४७

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले विद्युत प्राधिकरणका कर्मचारीहरूलाई तीन घण्टासम्म बन्धक बनाएको आरोप लागेको छ।

नगर प्रमुख यादवको नाममा दर्ता भएको विद्युत बक्यौता रकम असुल्न गर्न उनको घर पुगेका विद्युत वितरण केन्द्र, कलैयाका चार जना कर्मचारीलाई नगर प्रहरी परिचालन गरी अपहरण शैलीमा नियन्त्रणमा लिइएको पीडितहरूले बताएका छन्।

विद्युत प्राधिकरणका कर्मचारी सुनिल राय, हृदेश नारायण महतो, गाडी चालक अमिचन महतो र सन्दीप साह सोनारलाई नगर प्रहरीको मद्दतले बन्धक बनाइएको थियो।