☰ open Loading... 23 February 2025|  

पेट्रोलमा प्रतिलिटर २ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो
पश्चिम नेपाल   | २ माघ २०८१, बुधबार २१:२५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

बुधबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो। यसैगरि डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको छ।

काठमाडौंमा पेट्रोल लिटरको १ सय ६३ रुपैयाँ र डिजेल, मट्टितेलकाको मूल्य लिटरको १ सय ५३ कायम गरिएको निगमले जनाएको छ।