☰ open Loading... 23 February 2025|  

रुकुमपूर्वको पोखरामा मनाइयो माघी मेला
पश्चिम नेपाल   | ३ माघ २०८१, बिहीबार ०७:१०

माघ १ गते खाजा–तरुल खाएर संक्रान्ति मनाएपछि सिस्ने गाउँपालिका–३ पोखरामा २ गतेको दिन भने सानीभेरी नदी किनार गएर कपडाको पुतली (खेलौना, जसलाई बेहुली भनिन्छ) बनाएर जलाउने अनौठो चलन छ । जसअनुसार बुधबार पोखरामा भव्य माघी मेला आयोजना गरिएको छ । दिउँसो गाउँबाट बाजागाजासहित ठूलो समूह गाउँ नजिकै रहेको भेरी नदी पुग्यो ।

अनि गाउँकै चेलीबेटीले तयार गरेका खेलौनाजस्ता देखिने स–साना पुतली जसलाई ‘बेहुली’ भनिन्छ, त्यसलाई नदी छेउमा दाह–संस्कारकै शैलीमा जलाइयो । अनि बजागाजा बनाएर उक्त टोली नाच्दै, रमाउँदै गाउँतर्फ फर्कियो ।