☰ open Loading... 28 November 2025|  

सुनचाँदीको मूल्य बढ्यो
पश्चिम नेपाल   | ४ माघ २०८१, शुक्रबार ११:५९

स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला रु एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ।

बिहीबार प्रतितोला रु एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५० बढेको छ। आज स्थानीय बजारमा चाँदी प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ।