☰ open Loading... 21 January 2025|  

हुम्लामा जटिल सुत्केरीको सफल शल्यक्रिया
पश्चिम नेपाल   | ५ माघ २०८१, शनिबार १६:२३

जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया भएको छ । स्रोत साधन अभावमा पनि जटिल सुत्केरीको शल्यक्रिया भएको हो ।

दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए ।

सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी आशा परियारको जटिल शल्यक्रिया गरिएको हो ।

आर्थिक रूपमा कमजोर भएकी परियारलाई ब्लडको समस्या थियो ।