पश्चिम नेपाल | ७ माघ २०८१, सोमबार १६:३७
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा युवक कुट्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल निलम्बित भएका छन्।
घटनाको विषयमा छानबिनका लागि भुजेललाई निलम्बित गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आर्चायले जानकारी दिए। उनले भने, ‘घटना बाहिर आएपछि छानबिनका लागि हामीले उहाँलाई निलम्बित गरेका छौँ।’
चितवन प्रहरीका अनुसार यो घटना पुस १५ रातिको हो । राति १० बजेतिर त्यहाँ प्रहरी ‘मापसे’ चेकिङमा थियो। कुटपिटमा परेका युवा बसपार्कबाट आँपटारीतर्फ गइरहेका बेला प्रहरीले रोकेर चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।