सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी ६ वैशाखमा हुने भएको छ । संघको १४औँ नयाँ कार्य समिति चयनका लागि आगामी चुनाव ६ वैशाख २०८२ मा हुने भएको हो ।
संघको सोमबार बसेको कार्यसमितिको बैठकले ६ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको महासचिव भद्र भण्डारीले जानकारी दिए । उनका अनुसार आगामी निर्वाचन प्रक्रियामा सहभागिताका लागि योग्य हुन २५ फागुन २०८१ भित्र सदस्यता नवीकरण गरिसक्नु पर्ने समेत संघले निर्णय गरेको छ ।
विगतमा समयमै निर्वाचन नहुँदा थुप्रै अविश्वास र आशङ्काहरू उब्जने गरेको यो पटक समयमै निर्वाचन गराउन थालेको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।
संघको निर्वाचन कार्यविधि २०७६ अनुसार निर्वाचन समितिलाई एक महिनाअघि नै मतदाता नामावली लगायतका सम्पूर्ण कागजपत्र बुझाइ सक्नुपर्ने भएकाले २५ फागुनसम्म नवीकरणका लागि अन्तिम म्याद तोकिएको संघले बताएको छ ।