पश्चिम नेपाल | ८ माघ २०८१, मंगलवार २०:४८
कर्णाली प्रदेशसभाले पुस १८ गते दुई वर्ष पुरा ग¥यो । ४ मंसिर २०७९ मा निर्वाचन भएपछि पुस १८ गते कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यसयता चार अधिवेशन र ९८ बैठक सम्पन्न भए । दुई वर्षको अवधिमा प्रदेशसभाले बजेट आश्रित विधेयकबाहेक तीन वटा कानुन मात्र पारित गरेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित गरेको छ । जबकि पहिलो कार्यकालमा ५३ कानुन बनाएको थियो ।