☰ open Loading... 23 January 2025|  

कपुरकोटमा ग्रिनेड बम भेटियो
पश्चिम नेपाल   | ८ माघ २०८१, मंगलवार २२:२९

सल्यानमा मंगलबार बेलुकी एक थान ग्रिनेड बम फेला परेको छ । जिल्लाको कपुरकोट गाउँपालिका-४ किमुचौर नजिकै रहेको नेपाल टेलिकमको रिपिटर टावर नजिकै बम फेला परेको हो ।

झाडी सरसफाइ गर्न गएका स्थानीयले रिपिटर टावर नजिकै ग्रिनेड बम फेला पारेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केशरकुमार न्यौपानेले बताए । ग्रिनेड बम डिस्पोजका लागि नेपाली सेनालाई आग्रह गरिएको उनले जनाए । उनका अनुसार प्रहरीले बम फेला परेको स्थल सेना नपुग्दासम्मका लागि सुरक्षित गरेको छ ।

द्वन्द्वकालमा कपुरकोट-४ किमुचौरमा रहेको टेलिकमको रिपिटर टावर सुरक्षाको लागि सेना बसेको र अहिले छाडे पनि त्यही बेला बम छुटेको हुनसक्ने प्रहरीको अनुमान छ । ग्रिनेड बम बुधबार डिस्पोज गरिने उनले बताए ।