वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आफ्नो दोस्रो प्रगति समिक्षा कार्यक्रम गरेको छ । आफुले गरेको कामहरुको प्रगति समिक्षा कार्यालयले सरोकारवाला निकायहरु राखेर गर्ने गरेको हो ।
कार्यालयका निमित्त प्रमुख भेष बहादुर थापाले कार्यालयबाट भएगरेका कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रममा कर्णालीका कृषि मन्त्री विनोद कुमार शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल लगायत उद्योगीहरु, सञ्चारकर्मीहरु, खाद्य अधिकारकर्मीहरु सहभागी थिए ।
तोकेअनुसारको लक्ष्य प्रगति विवरणमा उल्लेख गरिएको थियो । कार्यालयले एकल र संयुक्त ४ सय ३० पटक उद्योग र पसलहरु अनुगमन गरेको थियो ।
विशेष गरि बजारमा दुध, तेल र पानीमा समस्या हुने गरेको सहभागीहरुले बताए । कार्यालयले गुनासो आएसंगै अनुगमन परिक्षण गर्ने गरेको छ भने, आफै पनि तोकिएभन्दा बढी बजारमा अनुगमन गर्ने गरेको जनाईएको छ ।