☰ open Loading... 22 February 2025|  

भावना राइस मिलमा छापा : चामल र तोरी परीक्षणका लागि ल्याइयो
पश्चिम नेपाल   | १० माघ २०८१, बिहीबार १६:३३

कर्णालीको वीरेन्द्रनगर नगरपालिका खजुराको नारायण पेट्रोल पम्प पछाडि रहेको भावना राइस मिलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरेको छ। उपभोक्ताले गुनासो गरेपछि अनुगमनमा क्रममा टोलीले चामल र तोरी परीक्षणका लागि कार्यालयमा ल्याइएको जनाइएको छ।

उपभोक्ताले गुनासो गरेपछि कार्यालयको टोली पुगेर अनुगमन गरी परीक्षणका लागि चामल र तोरी ल्याबमा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए। ‘त्यहाँबाट चामल र तोरी परीक्षणका लागि ल्याबमा ल्याइएको छ,’ थापाले भने, ‘खान योग्य नभए कारबाही हुन्छ।’

भावना राइस मिलबाट उपभोक्ताले लिएको चामल कालो, मख्की परेको खाँदा स्वाद नमिठो गन्ध आएपछि गुनासो गरेका थिए। सञ्चालकले स्वास्थ्यमा असर गर्ने चामल फिर्ता गरेसँगै ग्राहकसँग गरेको रुखो व्यवहार गरेका थिए। यसअघि पनि भावना राइस मिलबाट लिइएको तोरीको तेल पनि परीक्षण गर्दा खान योग्य नभएको उपभोक्ता डबल शर्माले गुनासो गरे।

उपभोक्ताले तोरीमा मिसावट गरी तेल बिक्री गर्ने गरेको समेत गुनासो गरेको जनाइएको छ।

नागरिकन्युजबाट