☰ open Loading... 23 February 2025|  

रगत अभाव कम गर्न रक्तदान
पश्चिम नेपाल   | १५ माघ २०८१, मंगलवार १५:४५

दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले रगतको अभाव हुन नदिन युवाहरुलाई रक्तदानमा प्रेरित गर्नुपर्ने बताएका छन् । नेपाल स्वयमसेवी रक्तदाता समाजको १९ औं वार्षिकोत्सवको अवसरमा दैलेखमा आयोजित रक्तदाता अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेका हुन ।
मेयर शर्माले जिल्ला सदरमुकामको पालिकाको हिसावले नेपाल रेडक्रस सोसाइटीले दैलेख अस्पतालमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रलाई व्यवस्थित, साधन श्रोत सम्पन्न गर्न नारायण नगरपालिकाले सक्दो सहयोग गरिरहेका र त्यस्तो सहयोग निरन्तरता रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रक्तदान परोपकारी काम भएकोले रगत दिने व्यक्तिलाई पनि आत्मसन्तुष्टी हुने बताए । कार्यक्रममा नारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख नरेन्द्र उपाध्यायले रक्तदान अभिमुखीकरणको महत्वबारे प्रकाश गरे।
त्यसबखत दैलेख अस्पतालका ल्याव टेक्निसियन टकबहादुर भण्डारीले रक्तदान गर्न चाहनेहरुले रगत दिने विधि र रगत दिइने व्यक्तिलाई रक्त सञ्चार गराउने प्रक्रियाका विषयमा प्रकाश पारेका थियो । नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष पत्रकार अमर सुनारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।