दैलेख- पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको पत्रकारहरुले बताएका छन् । प्रेस सेन्टर नेपाल दैलेख शाखाले दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
सेन्टरको २१ औं स्थापना दिवसको अवसरमा पत्रकारितामा प्रविधिस् अवसर र चुनौती विषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले मिथ्या समाचारहरु प्रायः नामै नसुनिएका नयाँ मूल सामग्री पढ्नै गाह्रो हुने गरी विज्ञापनले भरिएका साइटमा प्रकाशित हुने गरेको बताए ।
प्रेस सेन्टर दैलेखका अध्यक्ष तीर्थ भण्डारीले नाम चलेका मिडियाहरूको नामसँग मिल्दोजुल्दो वा झुक्याउने खालका साइट छन् भने विश्वास गरिहाल्नु नहुने धारणा राखे । उनले सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको उनले बताए ।
कार्यक्रममा नेपाल नेपाल पत्रकार महासङ्घ दैलेखका पूर्व अध्यक्ष पुष्कर थापा ,नेपाल प्रेस युनियनका जिल्ला सभापति अभिषेक अनुराग, समाजवादी प्रेस संगठन कर्णालीका कोषाध्यक्ष कृष्ण दैलेखी लगायतले प्रविधिले अवसर मात्र नभई चुनौती पनि थपेकाले यसमा सजग भई काम गर्नुपर्ने औल्याएका थिए ।