पश्चिम नेपाल | १६ माघ २०८१, बुधबार ०५:४५
दैलेख- राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेशका सदस्य ढकन शर्माले देशलाई असफल बनाउनबाट रोक्नका लागि संघीयता खोरज गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनमोर्चा दैलेखले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा संघीयता खारेज नभए नेपाल देश नै खारेज हुने खतरा रहेकाले उनले बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्याबाहक अध्यक्ष नर बहादुर सिहंले नेपाली जनताले संघर्ष गरेर प्राप्त गरेको गणतान्त्रिक आन्दोलनमा संंघीयताको माग नभएको बताए । उनले बिदेशीको इशारामा जबर्जस्ती संघीयता लादिएको भन्दै त्यसको खारेजीको बिकल्प नभएको बताए ।
कार्यक्रममा ढकन शर्मा, नर बहादुर सिह, मान बहादुर चन्द ,सेर बहादुर सिह, कमल बरही, लगायतको उपस्थित रहेको थियो ।