☰ open Loading... 23 February 2025|  

सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार
पश्चिम नेपाल   | १६ माघ २०८१, बुधबार १५:०५

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ।

आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।