☰ open Loading... 23 February 2025|  

कुम्भमेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु
पश्चिम नेपाल   | १६ माघ २०८१, बुधबार १५:१४

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधवार बिहानै भएको भागदौडमा १२ जनाले ज्यान गुमाएका छन् । भागदौडमा कम्तीमा ७० जना घाइते भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला घटना भएको हो । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भिडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो ।

केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको जनाइएको छ । बुधबार करिब १० करोडले स्नान गर्ने अनुमान गरिएको थियो । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्मम ३ करोडले स्नान गरेका थिए ।

भारत सरकारले भने हालसम्म पनि मेलामा ज्यान गुमाउनेको संख्याबारे आधिकारिक जानकारी दिएको छैन । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत दिएको समवेदनाले केही मानिसको ज्यान गएको पुष्टि भएको छ ।