☰ open Loading... 22 February 2025|  

कर्णालीमा २१ किलोमिटरसम्म दौड हुँदै
पश्चिम नेपाल   | १६ माघ २०८१, बुधबार १६:०७

नेपाली सेना श्री उत्तर पश्चिम पृतना हेडक्वाटरले वीरेन्द्रनगरमा ५ किलोमिटरदेखि २१ किलोमिटरसम्म खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ ।
शिवरात्री तथा सेना दिवशको अवसरमा हाम्रो गौरव हाम्रो सेना नाराका साथ ‘रन फर यूनिटी २०८१’ फागुन ३ गते हुने भएको हो ।

सेनाले रन फर युनिटी २०८१मा २१ किलोमिटर हाफ म्याराथन (महिला÷पुरुष) खुल्ला, १० किलोमिटर (महिला÷पुरुष), ५ किलोमिटर (छात्र÷छात्रा) र ५ किलोमिटर वाकाथन (अतिथिहरु) राष्ट्रिय स्तरमा खेलकुद क्षेत्रमा योगदान दिन क्षमतावान खोलडीको पहिचान गर्न रन फर यूनिटीले सहयोग गर्ने जनाईएको छ ।

कर्णाली प्रदेशभरबाट प्रतियोगितामा सहभागी हुने जिल्ला जिल्लामा रहेका सेनाको ब्यारेकबाट निशुल्क फर्म भर्न मिल्ने ब्यवस्था मिलाईएको श्री उत्तर पश्चिम पृतना हेडक्वाटर निमारेले जनाएको छ । पुरस्कार राशी २१ किलोमिटरमा प्रथम हुने महिला÷पुरुष जनही ३५ हजार, द्धितीय हुने जनही २५ हजार, र तृतीय हुनेलाई जनही १५ हजार रहेको छ ।

त्यस्तै १० किलोमिटर दौडमा प्रथम हुने महिला÷पुरुष जनही २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रहेको छ । ५ किलोमिटर तर्फको दौडमा प्रथम हुने छात्र÷छात्राहरुलाई जनही १० हजार, द्धितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रहेको जनाईएको छ । दौड सुर्खेत भ्यालीभित्रका विभिन्न ठाँउहरु समावेश गरिएको छ । माघको १५ देखि ३० गतेसम्म निशुल्क रुपमा दौडको लागि फाराम दर्ताको समय तोकिएको छ ।