पश्चिम नेपाल | १८ माघ २०८१, शुक्रबार ११:१६
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार ८०० पुगेको छ। हिजो सुन एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार चाँदी पनि ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ९१५ मा कारोबार भइरहेको छ। हिजो चाँदी एक हजार ८८५ मा किनबेच भएको थियो।