☰ open Loading... 23 February 2025|  

दैलेखमा पोथी चितुवा मृत फेला
पश्चिम नेपाल   | १९ माघ २०८१, शनिबार ०७:२६

पहाडी बाघ भनेरै चिनिने अन्दाजी ४ वर्षको पोथी चितुवा मृत फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ देउली थाप्ले सामुदायिक वनको बडाखोला भन्ने ठाउँमा मृत अवस्थामा चितुवा फेला परेको सवडिभिजन वन कार्यालय राकमका वन अधिकृत विवेक बेलबासेले जानकारी दिनुभयो ।

स्थानीयले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय दैलेखको टोलीले घटनास्थलबाट सदरमुकाममा ल्याई दैलेख सदरमुकामको पशु अस्पतालमा मृत चितुवाको शव पोष्टमार्टमपछि शुक्रबार साँझ जमिनमा गाडिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिनुभयो ।

बाघले मारेको पशुबस्तुमा कसैले बिष हालेको, दोहो¥याएर मासु खान आएको र त्यही विषले अलि टाढा गएर चितुवाको मृत्यू भएको हुनसक्ने अनुमान रहेको डिभिजनल वन अधिकृत दासले बताउनुभयो । घटनाको अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । मृत चितुवाको तौल २७ केजीको थियो ।