☰ open Loading... 22 February 2025|  

३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
पश्चिम नेपाल   | २० माघ २०८१, आईतवार २१:०१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध मुद्दा दायर गरेको छ ।

पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि उनी रंगेहात पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा बनाइदिनका लागि बिभिन्न बहाना ३ लाख घुस लिएको पुष्टि भएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रसाई र कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।