☰ open Loading... 22 February 2025|  

प्रेस चौतारी दैलेखको सर्वसम्मत नेतृत्व चयन
पश्चिम नेपाल   | २१ माघ २०८१, सोमबार १७:२१

दैलेख ः प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार सम्पन्न शाखाको ७ औँ जिल्ला अधिवेशन मार्फत उदयराज अधिकारीको अध्यक्षतामा नौ सदसिय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

जिल्ला कमिटीको खुल्ला उपाध्यक्षमा पृथ वयलकोटी, महिला उपाध्यक्षमा पानसरा सिंह, सचिवमा यामराज विष्ट, कोषाध्यक्षमा रमेश भट्टराई, सहसचिव खुल्ला खगेन्द्र खड्का, समावेशी हिमेन्द्र विश्वकर्मा चयन भएका छन् ।

नयाँ जिल्ला कमिटीलाई बधाई तथा शुभकामना दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले जिम्मेवार पत्रकारितामा सबै अग्रसर हुनुपर्ने बताए । निर्वाचित कमिटीले सङ्गठनको नीतिको पालना गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य यज्ञराज थापा र प्रेस चौतारी दैलेखका पूर्व अध्यक्ष पुष्कर थापा,नेपाल पत्रकार महासङ्घ दैलेखका दोस्रोकार्याकालका अध्यक्ष कमल प्रसाद शर्माले नयाँ कार्य समितिलाई बधाई दिँदै सबै सँगको सहकार्यमा जिल्लामा सङ्गठनलाई मजबुत बनाउँदै जानुपर्ने धारण राखेका थिए ।