☰ open Loading... 3 November 2025|  

आज सुनको मूल्य एक लाख ६४ हजार ७०० रुपैयाँ
पश्चिम नेपाल   | २२ माघ २०८१, मंगलवार ११:४२

स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ। सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो।