☰ open Loading... 23 February 2025|  

कर्णालीमा १७ वटा विधेयक प्रमाणीकरण
पश्चिम नेपाल   | २२ माघ २०८१, मंगलवार ११:५२

कर्णालीमा सातौं प्रदेश सभा स्थापना दिवश बनाईरहदाँ १७ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालमा १७ वटा विधेयक प्रमाणीकरण भएको हो ।

१५ वटा विधेयक र १ वटा निमयावली दर्ता भएको छ । निमयावली प्रमाणित भईरहेको जनाईएको छ । सभाबाट छलफलका लागि विषयगत समितिमा ४ वटा विधेयक पठाईएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । त्यस्तै प्रदेश सभा सचिवालयमा दर्ता भई सभामा टेबुल हुन २ वटा विधेयक बाँकी रहेको जनाईएको छ ।

प्रदेश सभा सचिवालायका अनुसार २ वटा विधेयक सभामा टेबुल भई विचाराधीन अवस्थामा रहेको छ । यसरी कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको कामह भईरहेको जनाईएको छ ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा ८ वटा मुख्यमन्त्रीसहित मन्त्रालय रहने ब्यवस्था रहेको छ ।