☰ open Loading... 23 February 2025|  

जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु
पश्चिम नेपाल   | २२ माघ २०८१, मंगलवार १४:५३

जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (मंगलबार) बिहान मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटना भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मृतकको पहिचान भने खुल्ल नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।