☰ open Loading... 10 April 2025|  

प्रेस चौतारीको स्थापना दिवसको अवसरका डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण
पश्चिम नेपाल   | २३ माघ २०८१, बुधबार ०५:२५

दैलेख ः प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसर पारेर द्धन्द्धकालमा विद्रोही पक्षबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण गरिएको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको प्रेस चौतारी जिल्ला शाखा दैलेखले २७ औँ स्थापना दिवसको अवसरमा पत्रकार थापाको सालिकमा माल्यार्पण गरेको हो ।

माल्यार्पण कार्यक्रममा प्रेस चौतारी दैलेखका अध्यक्ष उदयराज अधिकारी, प्रेस चौतारी नेपाल दैलेखका पूर्व अध्यक्ष  पुष्कर थापा, पत्रकार महासङ्घ दैलेखका पहिलो कार्यकालका अध्यक्ष अमर सुनार, प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुराग, प्रेस सेन्टर दैलेखका अध्यक्ष तीर्थ भण्डारी, प्रेस चौतारी नेपाल दैलेखका सचिब यामराज बिष्ट लगायतको उपस्थिति रहेको थियो ।