☰ open Loading... 22 June 2025|  

आज दुई हजार २०० ले बढ्यो सुन
पश्चिम नेपाल   | २३ माघ २०८१, बुधबार १३:०९

स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि देखिएको छ।

मंगलबार एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार दुई सय बढेर कारोबार हुँदैछ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन एक लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदी पनि ४५ रुपैयाँ बढेर तोलामा एक हजार ९७५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी एक हजार ९३० रुपैयाँ कायम भएको थियो।