पश्चिम नेपाल | २५ माघ २०८१, शुक्रबार ०९:४३
कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवा रहेको कालिकोट प्रहरीले जनाएको छ ।
उनी दुर्घटना भएको ट्रकका साहु हुन् । नरहरिनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना परेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर शाहीका अनुसार ट्रक सडकबाट साढे २ सय मिटर तल खसको छ । ट्रक चालक पनि हामफालेर बच्च सफल भएको उनले बताए ।