पश्चिम नेपाल | २५ माघ २०८१, शुक्रबार २१:५०
बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।