☰ open Loading... 23 February 2025|  

जीप दुर्घटनामा आमाको मृत्यु : दुई नाबालक छोरा घाइते
पश्चिम नेपाल   | २६ माघ २०८१, शनिबार १२:०६

रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै जीप दुर्घटना हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका–२ का २९ वर्षीया शिक्षिका सीता खड्काको ज्यान गएको हो।

प्रहरीका दाङ जान लागेको लु १ च ९४०६ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी उनका दुई छोरा (३ वर्षीय सौरभ ओली र १८ महिनाका सुप्रिम ओली) गम्भीर घाइते भएका छन्।

उनीहरूलाई थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

जीपमा मृतक खड्का उनका दुई छोरा अनि चालक, सहचालक सवार थिए। घटनापछि फरार रहेका चालक र सहचालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।