दैलेख – दैलेख जेसीजको सन् २०२५ को अध्यक्ष जेसी प्रतिमा खड्का चुनिएकी छन् । शनिबार जिल्लाको नारायण नगरपालिकामा सम्पन्न २८औं पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी प्रकाशकुमार बुढाले औपचारिक रुपमा उनलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यकारिणी उपाध्यक्ष जेसी योगेश खड्का, कार्यकारीणी उपाध्यक्ष जेसी रेखा थापा, कानूनी सल्लाहकार जेसी भीम सिजापति, महासचिव जेसी डा प्रयास विक्रम सिजापति, कोषाध्यक्ष जेसी हिक्मत बुढा चयन भएका छन् ।
दैलेख जेसीजको सन् २०२५ को उपाध्यक्ष जेसी जीत बहादुर थापा रोशन, जेसी कृष्ण प्रसाद अधिकारी, जेसी गौरव भण्डारी, जेसी हरी बहादुर थापा क्षेत्री चयन भएका हुन ।
कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले युवा पङतिलाई सत्मार्ग लगाउन र व्यक्तित्व विकासको निम्ति दैलेख जेसीजले खेलेको भूमिकाको प्रशंसा गर्दै रचनात्मक काममा सधैं सहयोग हुने बचन दिए ।उनले जेसिजको गरिमा अझै उँचो बनाउन नयाँ योजनाका साथमा लाग्न आग्रह गरे ।
यस्तै दैलेख जेसीजका मातृ शाखा बीरेन्द्रनगर जेसीजका २०२५ का अध्यक्ष दिलिपजंग शाही, नारायण नगरपालिका-६ का वडाध्यक्ष जनक प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष अमर सुनार लगायतले शुभकाकामना दिएका थिए ।
आफुले जिम्मेवारी पाएसङ्गै जिल्लामा जेसिजलाई थप चलायमान बनाउन १८ दैखि ४० बर्ष उमेर समुहका युवारूलाई ब्यक्तिगत र नेतृत्व बिकासमा आफु कटिबद्ध भयर लाग्ने जेसिज दैलेखका अध्यक्ष जेसी प्रतिमा खड्काले बताइन् ।
कार्यक्रममा जेसीजलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।