☰ open Loading... 22 February 2025|  

सुनको भाउ तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ
पश्चिम नेपाल   | १ फाल्गुन २०८१, बिहीबार १५:४२

बिहीबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९३० रुपैयाँ रहेको चाँदी आज १९६५ रुपैयाँ कायम भएको छ ।