☰ open Loading... 3 November 2025|  

सुनको मूल्य फेरि बड्यो
पश्चिम नेपाल   | २ फाल्गुन २०८१, शुक्रबार ११:२६

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला रु ४०० ले बढेको हो।

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ।