☰ open Loading... 22 February 2025|  

पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव
पश्चिम नेपाल   | ४ फाल्गुन २०८१, आईतवार ०६:२५

 

दैलेख – जिल्ला हुलाक अधिकृत निर्मला थापाले पत्रकारहरु प्रविधिमा पोख्त हुनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरेको १० दिने ग्राफिक डिजाइन तालिमको समापन कार्यक्रम उनले बदलिदो समयमा प्रविधि बारे पत्रकारहरु पोख्त हुनपर्ने बताएकी हुन् ।उनले पत्रकारिताको स्वरूप फेरिएकाले प्रविधिमा ज्ञान बढाउन सुझाव दिएकी हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका पूर्व अध्यक्ष पुस्कर थापाले नेपाल पत्रकार महासंघ दैलेख शाखाले पत्रकारहरुको क्षमता विकासका लागि गरिरहेको प्रयासहरुको प्रशंसा गर्दै यसले पत्रकारहरुको व्यवसायिक क्षमता विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको १० दिने ग्राफिक डिजाइन तालिमको समापन कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रीय सचिव बिशाल सुनार, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविन रिजालले पनि भनाई राखेका थियो ।

त्यस अबसरमा प्रेस चौतारी नेपालका जिल्ला सचिव यामराज बिष्ट, तालिमका प्रशिक्षक प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीले पनि तालिमको महत्व बारे बोलेका थिए । फोटो, इन्डिजाइन लगायतका पत्रकारका लागि आवश्यक ग्राफिक विषयमा प्रशिक्षण दिइएको तालिममा ११ जनाको सहभागिता थियो ।