☰ open Loading... 22 February 2025|  

कार्यालयमै मृत भेटिए प्रहरीका ‘सई’
पश्चिम नेपाल   | ४ फाल्गुन २०८१, आईतवार १५:१९

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) आइतबार बिहान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।

भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तलामा रहेको पानी टंकीमा जाने फलामको भर्‍याङमा प्रहरी नायब निरीक्षक ४९ वर्षी धनराज खतिवडा मृत फेला परेका हुन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा– ४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए । नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।