☰ open Loading... 22 February 2025|  

विद्यार्थी बोकेको बस सुर्खेतमा दुर्घटना, ६ जना घाइते
पश्चिम नेपाल   | ४ फाल्गुन २०८१, आईतवार २१:०७

बाजुराको भानुदय विद्यालयका विद्यार्थी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको बस सुर्खेतमा दुर्घटनामा परेको छ।

सुर्खेतको बराहताल गाउँपालिका-५ आमखोलीमा स्टेरिङ फेल भएपछि सु.प्र.प्र ०१-००१ ख ३०५४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बसमा २७ जना सवार थिए, जसमा ६ जना विद्यार्थी सामान्य घाइते भएका छन्।

घाइते विद्यार्थीलाई तत्कालै उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। अन्य विद्यार्थी भने सकुशल रहेको ट्राफिक प्रहरी प्रमुख वकिल सुनारले जानकारी दिए।