☰ open Loading... 22 February 2025|  

सुनको मूल्यमा वृद्धि, चाँदी पनि बढ्यो
पश्चिम नेपाल   | ५ फाल्गुन २०८१, सोमबार ११:४१

स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६८ हजार ७०० रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९७० रुपैयाँमा पुगेको छ।