कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पत्रकार नागरिकको मुटुभएकाले सोही अनुसार कलम चलाउनु पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सहइन्चार्ज गोविन्ददेव भारती नेपाल प्रेस युनियन प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले पत्रकारितामार्फत सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।
ञपत्रकारिता जनताको मुटु हो, सकारात्मक सन्देश फैलाउने गरेर कलम चलाउनु होस्,झ उनले भने । पूर्वमुख्यमन्त्री शाहीले पछिल्लो समय पत्रकारिताको धर्म धरमराउन थालेको बताउँदै जनताको विश्वास जित्ने गरेर काम गर्नुपर्ने बताए । अहिले तथ्यका पछाडि भन्दा पनि आम नागरिकलाई भ्रम फैलाउने खालका गतिविधि भइरहेका छन्,झ उनले भने, ञयसतर्फ तपाईंहरू सचेत हुनुहोला ।
पूर्व मुख्यमन्त्री शाहीले प्रेस युनियनमा आवद्व पत्रकारहरूले सत्य, तथ्य र निष्पक्षतामा ध्यान दिनुपर्ने बताए । ञप्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो, तपाईंहरू सत्य, तथ्य र निष्पक्षतामा ध्यान दिनुहोला,झ उनले भने, पार्टीको शुभेच्छुक संस्था भएपनि आफ्नो धर्मलाई नभुल्न म आग्रह गर्दछु ।
नेपाल प्रेस युनियनमा समाहित भएका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सहइन्चार्ज भारतीले प्रेस युनियनको तथस्टता, निष्पक्षतालाई मन पराएर आफू चौतारी छोडेर युनियनमा समाहित भएको बताए । कुनै स्वार्थ राखेर युनियनमा आएको होइन्, उनले भने, युनियनको स्वतन्त्रता, निष्पक्षता र तथस्टता देखेर युनियनमा समाहित भएको हुँ ।