पश्चिम नेपाल | ११ फाल्गुन २०८१, आईतवार १५:२५
बाग्चौर नगरपालिका-२ स्थित देउराली सामुदायिक वनमा बुधबारदेखि लागेको डढेलो निभाउने क्रममा ६ जना घाइते भएका छन् । भिरालो क्षेत्रमा डढेलो निभाउँदा कसैको आगोको लप्कोले पोलेर र कोही लडेर घाइते भएका हुन् ।
घाइते हुनेमा घर्तीगाउँका मोहन घर्ती, देबबहादुर बोहरा, लामाडाँडाका दोर्ण घर्ती, आशिष नेपाली लगायत अन्य दुई जना रहेका सामुदायिक वनका अध्यक्ष रमेश नेपालीले बताए । वनमा लागेको डढेलो निभाउँदा गंगा रोजिन कम्पनीका मेनेजर स्थानीय देबबहादुर बोहराको हातमा आगोको लप्कोले पोलेको र भिरालो क्षेत्रमा दौडधुप गर्दा अन्य लडेर घाइते भएका उनले जानकारी दिए ।
उनका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको छ । बुधबारदेखि सामुदायिक वनमा लागेको डढेलो झन्डै ३५ घन्टा पछि नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।