☰ open Loading... 28 February 2025|  

आमाको सम्झनामा छात्रवृत्ति
पश्चिम नेपाल   | ११ फाल्गुन २०८१, आईतवार २०:४७

आमा लता थापाको चौथो स्मृति दिवसको अबसरमा महाबु २ का वडा अध्यक्ष प्रकाश थापाले २ वटा बिधालयका विधार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन ।

उनले स्मृति दिवस कार्यक्रम गरि आज स्वर्गीय आमा लता थापा स्मृति अक्षय कोषद्दारा श्री नेराआबी केउरे पानी र श्री शिब नेराआबी मान्मका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप बिधालय पोशाक र शैक्षिक सामाग्री बितरण गरेका हुन ।

सो छात्रवृत्ति केउरेपानीका १९ जना र मान्मका ३८ जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानाकारी दिए ।